Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद भंगपछि सुरक्षा निकायका प्रमुखलाई ओलीले दिए कडा निर्देशन

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो परिस्थिती अनुसार काम गर्न भन्दै चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभाको विघटनसँगै मध्यावधिक निर्वाचनको घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।

सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए ।

छलफलका क्रममा ओलीले आवश्यक निर्देशनसमेत दिएको जनाइएको छ ।

बिप्लब समुहका गतिबिधीलाई निगरानी राख्न समेत सुरक्षा निकायका प्रमुखहरुलाई कडा निर्देशन दिएको स्रोतले वतायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077