Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद भंगपछि सुरक्षा निकायका प्रमुखलाई ओलीले दिए कडा निर्देशन

    संसद भंगपछि सुरक्षा निकायका प्रमुखलाई ओलीले दिए कडा निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 3.8K
    SHARES

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो परिस्थिती अनुसार काम गर्न भन्दै चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

    प्रतिनिधिसभाको विघटनसँगै मध्यावधिक निर्वाचनको घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



    बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।



    सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए ।

    छलफलका क्रममा ओलीले आवश्यक निर्देशनसमेत दिएको जनाइएको छ ।

    बिप्लब समुहका गतिबिधीलाई निगरानी राख्न समेत सुरक्षा निकायका प्रमुखहरुलाई कडा निर्देशन दिएको स्रोतले वतायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार