Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सर्वोच्चको फैसला अघि एमालेमा विवाद मिलाउने प्रयास

    सर्वोच्चको फैसला अघि एमालेमा विवाद मिलाउने प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संसद् विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतले फैसला गर्नुअघि नेकपा एमालेमा विवाद मिलाउने प्रयास भइरहेको छ । विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल ब्युताउन सहमत भएपछि सोमबार पनि नेताहरुबिच छलफल भएको थियो । कार्यदलमा संस्थापन पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षका पाँच–पाँच जना सदस्य रहेका छन् ।



    कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल खनाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् ।



    गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।

    प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएलगत्तै एमाले कार्यदलले सहमतिको प्रयास तिव्र पारेको हो । सर्वोच्चको फैसला आउनु अघि नै पार्टीको विवाद मिलाउन ओली निकै लचक देखिएका छन् । यसक्रममा ओलीले आफ्नो पक्षका नेताहरुलाई सक्रिय हुन् निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार