Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दोश्रो पटक माइतीघरमा धर्ना बस्दै प्रचण्ड-माधव समूह

    दोश्रो पटक माइतीघरमा धर्ना बस्दै प्रचण्ड-माधव समूह

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज माइतीघरमा दोश्रो पटक धर्ना बस्दै छ । संसद‌ विघटनको विरोधमा निरन्तर आन्दोलनमा रहेको प्रचण्ड -माधव समूहले मध्याह्न १२ बजेदेखि धर्नामा बस्न लागेको जनाएको छ।

    प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज प्रचण्ड र नेपाल आउने भएका सो समूहका नेता विष्णु रिजालले जानकारी दिए।



    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।



    सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई धारमा विभाजित छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको निरंकुश कदमबिरुद्द प्रचण्ड-माधव समूहले देशभर बिरोध प्रदर्शन गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार