Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संसद् विघटन मुद्दा : सोमबारसम्म फैसला हुने सम्भावना

    संसद् विघटन मुद्दा : सोमबारसम्म फैसला हुने सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सकिएपछि जवाफी बहस हुने भएको छ ।

    सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ ।



    सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुनेछ । निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो ।



    यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए । बहस गत असार ९ गतेदेखि सुरु भएको हो । सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।

    जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैछन् ।

    उनीहरुको बहस सकिएपछि सोमबार एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेसँगै यो मुद्दाको फैसला हुने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार