Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल निवसमा आज किन पुगे प्रचण्ड ?

    नेपाल निवसमा आज किन पुगे प्रचण्ड ?

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न आज अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

    प्रचण्ड केहि बेर छलफल गरेर बाहिएको नेपालको सचिवालयले जानकारी दिएको छ । यद्यपी छलफलका बारेमा भने खुलाइएको छैन । नेपालकै सहयोगमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसले माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गरेको छ ।



    कांग्रेस सभापति शेरबहदुर देउवा पनि आफू प्रधानमन्त्री बनेलगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । देउवा मन्त्रीमण्डल विस्तारमा रहेका बेला भएको प्रचण्ड र नेपालाके भेटलाई अर्थपूर्ण मानिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार