Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सर्‍यो

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सरेको छ।

    सर्वोच्च अदालतले नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड-माधव समूहको पहिलो स्थायी कमिटी बैठक कानून व्यवसायीसँग परामर्श गर्न भन्दै दिउँसोलाई सरेको हो ।



    आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा पार्टीलाई आधिकारिकताको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड-माधव समूहले सोमवार बिहान ११ बजेका लागि बैठक बोलाएका थिए ।



    सर्वोच्चको फैसलापछि कानून व्यवसायीसँग परामर्श गर्न भन्दै बैठक दिउँसोका लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए  ।

    न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपाको कानूनी हैसियत पार्टी एकता अगाडिको अवस्थामा पुर्‍याइदिएको थियो ।

    सर्वोच्चको आदेशलाई अनपेक्षित भन्दै प्रतिक्रिया जनाएको दाहाल–नेपाल समूहले यसबारे थप रणनीति बनाउन लागेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार