Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले पार्टी एकतालाई कुनै असर पार्दैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्मुनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद (प्रतिनिधिसभा) विघटनको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् ।

दाहालद्धारा सोमबार बिहान जारी विज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारको कार्यले हाम्रो पार्टीलाई एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

विज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्त्विक असर पर्नेछैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

अध्यक्ष दाहालले राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्त्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन नेता–कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077