Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको प्रश्न : हैसियत नै नभएका प्रचण्डले मलाई कसरी कारबाही गर्छन ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कारबाही गर्ने विषय आफैँमा हास्यास्पद विषय भएको बताएका छन् ।

विघटित संसद्का आफूनिकटका सांसदहरूको बालुवाटारमा आयोजित भेलामा उनले पार्टी एकताअघि हैसियत नै नभएका र आफैले बढी हैसियत दिएर ल्याएका नेता प्रचण्डले आफूलाई कारबाही गर्ने विषय हास्यास्पद भएको जनाएका हुन् ।

भेलामा सहभागी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भेलामा ओलीले भनेका विषय उद्धृत गर्दै भने–‘पार्टी एकता प्रक्रिया चित्त बुझाउन प्रचण्डलाई अध्यक्ष दिइयो नत्र उनको हैसियत जनमतका हिसाबले उपाध्यक्ष नै हो । त्यसैले उपाध्यक्षले आयोजना गरेको बैठकको कुनै वैधानिक हैसियत हुँदैन । सभामुखले डाकेको संसदीय दलको बैठक पनि हैसियत हुँदैन । संसद् विघटित भइसकेपछि संसदीय दलको बैठक राख्न पाइँदैन । डाके पनि संसदीय दलको नेताले बैठक राख्ने हो ।’

प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै नेता बस्नेतले थप भने–‘आज नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्डले केपी ओलीलाई कारबाही गर्ने विषय विश्वराजनीतिको रंगमञ्चमा गजबको प्रहर्शन भएको छ । नेपालको राजनीतिमा चासो राख्ने विश्वका मान्छेहरू यसलाई हेरेर हाँसेर बसेका छन् ।’

प्रधानमन्त्री ओलीले आफूले छिट्टै पार्टी कमिटीको बैठक राखेर आवश्यक कदम चाल्ने बताएको नेता बस्नेतले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077