Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशवासीका नाममा सम्बोधन गर्दै ओली, बादलको भूमिका के ?

काठमाडौं । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले  दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

प्रधानमन्त्री संसद विघटन गरेपछि यसको चारैतिर विरोध सुरु भएको छ।

प्रधानमन्त्री ओलीले आजै विघटित प्रतिनिधिसभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका थिए  ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा राष्ट्रिय सभाका समेत सांसद उपस्थित भएका थिए ।

उक्त भेलाले प्रधानमन्त्रीले घोषणा गरेको आगामी निर्वाचनमा कसरी जाने र अन्य राजनीतिक दलसँगको सम्बन्धका बारेमा छलफल पनि भएको जनाइएको छ ।

उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा उपस्थित नभएको जनाइएको छ । थापाले आफू निकट सांसदहरुलाई मन्त्री निवासमै बोलाएर छलफल गरेको जनाइएको छ ।

पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077