Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

    बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

    पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो बताएका हुन् ।



    उनले छलफल र सबै पक्ष बसेर अझै पार्टी र संकट समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।



    बादलको भनाइलाई उद्धृत गर्दै उनका सल्लाहकार सूर्य सुवेदीले भने भने,“अन्तिमसम्म एकताको प्रयास गर्छु । तर जे भयो दुर्भाग्यपूर्ण भयो ।

    दुई भागमा पार्टी विभाजन हुने अवस्था आयो भने मैले सबै कुरा बुझेर निर्णय लिन्छु ।

    अन्तिमसम्म पनि एकताकै पक्षमा रहेको बताएका थिए ।

    प्रधानमन्त्री ओलीले आजै विघटित प्रतिनिधिसभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका थिए  ।

    प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा राष्ट्रिय सभाका समेत सांसद उपस्थित भए पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएनन्  ।

    बादल जस्तै अर्का उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् ।

    बादल र गौतम यता न उता हुने अवस्थामा देखिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार