Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद् विघटन

    पाल्पामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

    पाल्पामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 3.6K
    SHARES

    पाल्पा । पाल्पामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पाल्पामा नेपाली कांग्रेस निकट भ्रातृसंगठनहरुले सोमबार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् ।



    प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै कांग्रेस निकट तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतको आयोजनामा तानसेनमा विरोध प्रदर्शन गरेका थिए ।



    प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भर्त्सना गरेपनि कमी हुने उनीहरूकाे भनाइ थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार