Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दिन दिनै जल्न थाल्यो प्रधानमन्त्रीको पुत्ला, आज पनि प्रदर्शनीमार्गमा दहन

    दिन दिनै जल्न थाल्यो प्रधानमन्त्रीको पुत्ला, आज पनि प्रदर्शनीमार्गमा दहन

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । विपक्षी गठबन्धनको विद्यार्थी संगठनले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गर्दै ५ वटा विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।



    प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गरेको छ ।



    हिजो पनि विद्यार्थी संगठनले काठमाडौंको बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार