Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधि सभा विघटन

    प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा बयलगाडा र्‍याली

    प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा बयलगाडा र्‍याली

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह आवद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का विद्यार्थीहरुले बयलगाडासहितको प्रदर्शन गरेको छ ।

    प्रतिनिधि सभा विघटन विरूद्ध आइतबार काठमाडौंको थापाथलीबाट र्याली निकालि उनीहरुले बयलगाडासहित ल्याएर माइतिघर मण्डला नजिकै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसमेत गरेका हुन् ।



    उनीहरुले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरोधमा बयलगाडा र ओलीको पुत्ला दहन गरेको जनाएका छन् ।



    २०६० को दशकमा गणतन्त्रको लागि आन्दोलन हुँदा ओली त्यस्का बिरोधी थिए । उनले आन्दोलन गरेर गणतन्त्र आउने कुरा बयलगाडा चढेर अमेरिका पुग्ने भनेजस्तै हो भनी हल्का टिप्पणी गरेका थिए ।

    उनलाई त्यहीबेलादेखि बयलगाडाको विषय ल्याएर विवादमा ल्याइने गरिएको छ । नेकपा बिभाजनपछि दुबै समूहमा गाली गर्ने होड चलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार