Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    चितवनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    चितवन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन र वाइसियलका युवाहरुले शनिबार चितवनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

    आज  साँझ रत्ननगरको निपनी चोकमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।



    संसद विघटनको विरोधमा माओवादी केन्द्र निकट विभिन्न संगठनले देशव्यापी आन्दोलन सुरु गरेका छन् । सोही आन्दोलनको क्रममा शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।



    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र त्यो असंवैधानिक कदम भएको भन्दै अन्य राजनीतिक दलहरुले पनि  विरोधमा जनाएका छन ।

    मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति  भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन । प्रतिनिधिसभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गतेलाई चुनावको मिति तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार