Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन

    प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध अहिले देशभर प्रदर्शन भइरहेको छ । प्रतिपक्षले मात्रै होइन सत्तारुढ दल पनि सरकारविरुद्ध विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । त्यस्तै आज अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

    पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको अनेरास्ववियू आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौं उपत्यकाका प्रदर्शनीमार्गको आरआर क्याम्पस, मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पससहित देशभर ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले खोस्ने प्रयास गरेको थियो ।



    बुधबार पनि उपत्यकामा लाल्टिन जुलुस निकालिएको थियो भने उपत्यकाबाहिर सिटी जुलुस आयोजना गरिएको थियो । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विद्यार्थी र नेकपा (प्रचण्ड–नेपाल) समूह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरु आन्दोलन सञ्‍चालन गरिरहेका छन् ।



    उनीहरुले ओलीको असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तिविरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार