Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओली सरकारले जनतामाथि कुठाराघात गर्‍याे : अध्यक्ष थापा

    ओली सरकारले जनतामाथि कुठाराघात गर्‍याे : अध्यक्ष थापा

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटनको कदमविरुद्ध जनतामाझ गएर संघर्ष गर्ने बताएका छन ।

    सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कम्युनिस्टले जनतामाथि कुठाराघात गरेको आरोप लगाए । राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने उनको भनाइ थियो ।



    उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताएका छन् ।



    राप्रपाका अर्का अध्यक्ष पशुपति शम्भेर राणाले संविधानको कुनै दफा प्रयोग नगरि सरकारले संसद विघटन गरेको आरोप लगाए । उनले मन्त्रीपरिषद्ले सिफारिस गरे पनि राष्ट्रपतिले कुनै छलफल नै नगरी त्यसलाई पारित गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार