Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीले संसद बिघटन गरेको खुशीयालीमा प्रचण्डको गृह जिल्लामा दिप प्रज्वलन

    ओलीले संसद बिघटन गरेको खुशीयालीमा प्रचण्डको गृह जिल्लामा दिप प्रज्वलन

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 4.6K
    SHARES

    चितवन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि त्यसको खुशीयालीमा पूर्वी चितवनको भण्डारामा नेपाल कम्युनिस्ट पार्टीका युवा र विद्यार्थीहरुको एक समूहले दिप प्रज्वलन गरेका छन्।
    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला समेत रहेको चितवनमा प्रचण्ड- नेपाल समूहका कार्यकर्ताले विरोध गर्दै कोण सभा र नाराबाजी गरिरहदाँ  ओली निकटका युवा र विद्यार्थीहरुको एक समूहले दिप प्रज्वलन गर्दै प्रम ओलीको उक्त कदमको स्वागत गरेका छन् ।

    उनीहरुले सामुहिक रुपमा दिप प्रज्वलन गर्दै ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो ।’ सही पनि एमाले, मै पनि एमाले जस्ता नारा पनि लगाएका थिए ।
    सो अवसरमा युवा नेता केदार आचार्यले गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन प्रधानमन्त्रीले चालेको कदम उचित भएको दावी गरे ।



    यसअघि प्रचण्ड- नेपाल पक्षले चितवनको रत्ननगरमा कोण सभा गरेको थियो भने ओली समूहले खैरहनीको चौबिसकोठिमा दिप प्रज्वलन, भरतपुरको चौविसकोठीमा विरोध र्याली समेत भएको थियो । कार्यक्रममा युवा नेता सुरज थपलिया लगायतको सहभागीता थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार