Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बामदेब अब गृहमन्त्री बन्ने, बादलले राजिनामा दिने !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । सात मन्त्रीले राजिनामा दिएपछि उनले यसको तयारी गरेका हुन् ।

अब जो सुकै व्यक्ति पनि मन्त्री बन्न सक्ने अवस्था छ । यस्तो अवस्थामा पार्टीको समिकरणलाई बलियो बनाउने गरी मन्त्रिमण्डल उनले पुनर्गठन गर्न लागेको स्रोत बताउँछ ।

संसद बिघटनको कदमप्रति असहमति जनाउँदै सात मन्त्रीले आइतबार राजिनामा दिइसकेका छन् । रक्षा मन्त्रालय यसअघिदेखि नै रिक्त छ । गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पनि राजिनामा दिने सम्भावना छ ।

यो अवस्थामा प्रचण्ड तथा माधव नेपाल निकट बलियो पकड भएको समूहलाई सरकारमा राख्ने रणनीति बालुवाटारको छ ।

स्रोतका अनुसार गृहमन्त्री पाए ओलीको कदममा साथ दिने नेता वामदेव गौतमको तयारी छ । त्यसकारण उनी दुवै गुटमा सहभागी भएका छैनन् । हाल शिक्षा, पर्यटन, उर्जा, कृषि, श्रम, खानेपानी र वन मन्त्रालय रिक्त भएका छन् ।

मंगलबार दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाएका छन् । जसमा एकले अर्कालाई कारबाही गर्ने सम्भावना छ ।

पार्टी वारपार भएपछि ओलीले नयाँ मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरेका छन् । सोहीकारण केही नेताहरु दुवै गुटको बीचमा बसेका छन् । दृष्‍टि साप्ताहिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077