Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई कारवाही गर्न बोलाइएको बैठकमा बादल गएनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् ।

केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।

बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए । मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077