Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डको कुरा सुनेनन् बादलले, ओलीकै पक्ष लिए

काठमाडौं । नेकपामा वारपारको अवस्था आएपनि नेताहरु वामदेव गौतम र रामबहादुर थापा बादल भने कतै लागेका छैनन् । बादललाई फकाउन प्रचण्ड उनको निवास गएपनि उनले निर्णय दिएका छैनन् ।

बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए । मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।

नेकपामा केपी ओली तथा प्रचण्ड–माधव नेपाल दुवै पक्ष बहुमत जुटाउने प्रयासमा छ । त्यसका लागि बादल समूह भए प्रचण्ड समूहलाई पर्याप्त हुन्छ । बादलले मन्त्री पदबाट पनि राजिनामा दिएका छैनन् । उनी निकट नेताहरुले पनि प्रधानमन्त्रीले गैरसंवैधानिक कदम चालेकालाई उनलाई साथ नदिन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077