Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली पक्षद्वारा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । बालुवाटारमा बसेको केपी ओली पक्षीय केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन कमिटी गठन गरेको छ ।

प्रधानमन्त्री ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् ।

पार्टी कब्जा गर्ने रणनीतिअनुसार यस्तो निर्णय गरिएको हो । बहुमत केन्द्रीय सदस्य नभएकाले अनेक तालझेल गरेर भएपनि ओलीले नेकपा कब्जा गर्ने तयारी गरेका छन् ।

अहिलेको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय भन्दा धेरै केन्द्रीय सदस्य थप गर्न लागिएको हो । त्यसमा सबै आफु निकट नेता राखेर ओलीले पार्टी कब्जा गर्न लागेका हुन् । जसको अन्तिम छिनोफानो निर्वाचन आयोग र अदालतबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077