Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीलाई अन्तराष्ट्रिय समर्थन: ३३ देशका प्रवासी नेताले पनि गरे स्वागत

काठमाडौं। नेकपा निकट प्रवासी नेपाली एकता मञ्चले प्रधानमन्त्री केपी ओलीले गरेकाे निर्णयको स्वागत गरेकाे छ।

मञ्चले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको स्वागत गरेको हाे। ३३ मुलुकका प्रवासी नेताले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयको स्वागत गरेका हुन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा तीन वर्ष पहिलाको आम निर्वाचनबाट नेपाली जनताले राजनीतिक स्थिरता,शान्ति, विकास र समृद्धिको लागि अत्याधिक बहुमतसहितको जनमत वर्तमान सरकारलाई जनमत दिएपनि नेकपाभित्रको अस्वाभाविक अन्तरपार्टी विग्रहले अत्याधिक जनमतद्वारा गठित सरकारलाई अनेकौं बाधा व्यवाधान खडा गरी हलचल गर्नै नदिने अवस्थामा पुर्याएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077