Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीबिरुद्दको आन्दोलनमा बिप्लबको विद्यार्थी संगठन पनि मिसियो, सरकारलाई सुरक्षा चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले संसद बिघटन गरेको बिरोधमा विभिन्न नौ वटा विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

अनेरास्ववियू, नेविसंघलगायतका नौ संगठनले संयुक्त विज्ञप्तिमार्फत संसद विघटनको विरोध गरेका हुन् ।

विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै यसको विरोधमा सबै लोकतन्त्रका पक्षधर एक हुनपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'बिचार र आस्थाका आधारमा गैरकानुनी थुनामा राखिएका संयुक्त आन्दोलनमा कृयाशिल अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौ ।'

अखिल क्रान्तिकारी सरकारद्वारा प्रतिवन्धित बिप्लब समूहको भातृ संगठन हो ।

नौ वटा विद्यार्थी संगठनहरुले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा ओलीले चालेको कदमबिरुद्द देशभर प्रतिरोध गर्न विद्यार्थीहरुलाई आग्रह गरिएको छ।

यो सँगै आन्दोलनमा बिप्लब समूहको घुसपैठ हुन सक्ने भन्दै सरकारले सतर्कता अपनाएको छ।

अखिल क्रान्तिकारीका अध्यक्ष विद्यार्थी संगठनहरुको बैठकमा चिरन्जिबी ढकाल पनि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077