Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड–माधव पक्षकाे केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक शुरु भएको छ ।

राजधानीको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरु भएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकमा प्रचण्ड–माधव पक्षका नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।

स्राेतका अनुसार बैठकले प्रधानमन्त्री अ‍ोलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।

यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक बसेकाे हाे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077