Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओली नेतृत्वको सरकार विघटन भएको हो, संसद होइन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभएको दावी गरेका छन् ।

काठमाडाैंकाे बबरमहलमा भएकाे केन्द्रीय समिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा विघटन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भङ्ग भएको प्रस्ट पारे पार्दै संसद विघटन नभएको दावी गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै अधिकार संविधानले नदिएको दावीसमेत गरे । ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’

उनले न्यायालयप्रति आफूहरुले भरोसा गरेको र संविधानको मर्मलाई न्यायालयले आत्मसात् गरेर न्याय दिने विश्वास गरेको सुनाए ।

यस्तै प्रचण्डले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफूहरूसँग आउने दावी गरेका छन् । उनले ६५ प्रतिशत केन्द्रीय सदस्य उपस्थित रहेकाले आफूहरूको बैठक नेकपाको आधिकारिक भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077