Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनबिरूद्ध जसपाद्वारा ५ दिने आन्दोलन घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको छ ।

जसपाले पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाे समितिका सदस्य केशव झाले जानकारी दिए ।

बैठकले संविधानमा हुँदै नभएको धारालाई टेकेर संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077