Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने-प्रतिनिधिसभा पुनःस्थापना हुने संबिधानत कुनै ठाउँ छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना हुने कुनै ठाउँ नरहेको बताएका छन्। उनले चुनावको तयारीमा लाग्न सवैलाई अपिल गरेका छन्। प्रतिनिधिसभा विघटन र आमचुनावमा जानुपर्ने बाध्यात्मक अवस्थाबारे विस्तृतमा खुलाउँदै प्रधानमन्त्री ओलीले अव ताजा जनादेश नै मुलुकलाई अघि बढाउने सही माध्यम भएको प्रष्ट पारे।

'संबिधानमा प्रतिनिधिसभाको कार्यकाल ५ बर्षअगावै बिघटन भएमा बाहेक ५ बर्ष रहने ब्यवस्था छ, यस्को अर्थ ५ बर्ष अगावै बिघटन हुनसक्छ भन्ने नै हो, बहुमत प्राप्त प्रधानमन्त्रीले ताजा जनादेशको निर्णय लिएपछि अव प्रतिनिधिसभा पुनःस्थापना हुने संबिधानत कुनै ठाउँ छैन, कुनै संभावना पनि छैन', प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार राती सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने ।

‘स्थिरताका नाममा अस्थिरतालाई निरन्तरता दिन सकिएन । सरकार पनि चल्न नदिने, प्रतिनिधि सभा पनि चल्न नदिने अवस्था भयो । स्थिरता प्राप्तिका नाममा यो अवस्थालाई निरन्तरता दिन देश र जनताको हितमा देखिएन । त्यसैले प्रतिनिधि सभा भंग गर्नुपरेको हो,’ प्रधानमन्त्री ओलीले थप्दै भने।

प्रधानमन्त्री ओलीले केही नेताका कारण संसद, सरकार र पार्टी चल्नै नसकेको र आफू ६४ प्रतिशत सांसदको प्रधानमन्त्री रहेको कारण पनि ताजा जनादेशको निर्णय संबैधानिक रहेको बताए।

‘म ६४ प्रतिशत सांसद्ले सर्वसम्मत चुनेको प्रधानमन्त्री । मैले काम गर्न नसक्ने अवस्था भयो । मैले काम गर्न नपाएपछि विकल्प खोई त ? प्रतिनिधि सभाको बाँकी रहेको ३६ प्रतिशतले विकल्प दिन सक्ने कुरा भएन । विकल्प दिन ५० प्रतिशत चाहिन्छ । ६४ प्रतिशतले चुनावमा जाने भनेपछि यो निर्णय संसद्को बहुमतको निर्णय पनि हो । म नै हो ६४ प्रतिशतले सर्वसम्मत रुपमा चुनेको नेता । मैले सिफारिस गर्नु स्वत वैधानिक पनि हुन्छ।',उनले भने

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077