Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पुन: ओली समुहमै फर्किए रघुबीर महासेठ

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहमा गएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ पुनः केपी ओली समुहमै फर्किएका छन्।

पछिल्लो समय ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लागेका महासेठ पुन ओली समुहमै फर्किएका हुन्।

मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा भाग लिएका महासेठ केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएनन्।

स्थायी कमिटीमा बसेर निस्केका महासेठ केन्द्रीय कमिटीले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दासम्म नआएको र उनले माइन्युटमा हस्ताक्षर पनि नगरेको माधव नेपाल निकट एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077