Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • प्रचण्ड भन्छन् – संसद पुनर्स्थापना गरेर नयाँ सरकार बनाउँछौं

    प्रचण्ड भन्छन् – संसद पुनर्स्थापना गरेर नयाँ सरकार बनाउँछौं

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने दाबी गरेका छन्।

    बानेश्वरमा बुधबार दिउँसो प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि उनले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।



    उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर राष्ट्र र जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्न आफ्नो ध्यान हुने बताए।



    आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो। प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ९३ जना सांसद सहभागी थिए। नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार