Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्डलाई भेट्न खुमलटार पुगे कांग्रेस नेता अर्जुननरसिंह केसी

    प्रचण्डलाई भेट्न खुमलटार पुगे कांग्रेस नेता अर्जुननरसिंह केसी

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।



    आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।



    दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् ।

    कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।

    नयाँ सरकार गठनको विषय पेचिलो बनिरहेका बेला कांग्रेस नेता केसीले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार