Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली परीक्षार्थी बनेर कोरियन भाषा परीक्षा उत्तिर्ण गराउने प्रशिक्षक पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले इपीएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने प्रशिक्षकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा शेनसेगा कन्सलटेन्सी बागबजार काठमाडाैंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने सुनसरीकाे धरान उपमहानगरपालिका-१९ स्थायी घर भई काठमाडाैं कालोपुल बस्ने ५१ वर्षका उत्तम मान लिम्बु रहेका महाशाखाले जनाएकाे छ ।

आराेपी लिम्बुले इपीएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी प्रतिव्यक्ति सात लाखसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

इपीएस परीक्षा दिने विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखेर परीक्षा दिई उत्तिर्ण भई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने सूचनाकाे आधारमा मंगलबार महाशाखाले उनलाई पक्राउ गरेकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077