Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने,‘संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको छ । तर कहिले प्रदर्शन गर्ने भन्ने निर्णय भने भोलि बस्ने निर्णय हुनेछ ।’

केन्द्रीय समितिको बैठकमा पुस १६ गते नै सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले गरेका थिए । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न अनुपयुक्त हुने भन्दै मितिका बारेमा भोलिको बैठकमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा छलफल भएको बताए । उनले भने,‘हामीले प्रदर्शन गर्नुपर्छ भनेर भनेका हौं । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न नहुने सहमति बनेको हो ।’

कांग्रेस केन्द्रीय समिति बैठकअघि कांग्रेसका युवा नेताहरु गगन थापा, बद्री पाण्डे लगयतका नेताहरुको काठमाडौंको बत्तिसपुतलिमा बसेको अनौपचारिक बैठकले सरकारविरुद्ध प्रदर्शन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077