Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तत्काल राजिनामा दिन्न : गृहमन्त्री थापा

    तत्काल राजिनामा दिन्न : गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादलले १ घन्टा छलफल गरेका छन्।

    छलफल गरेपछि उनले तत्काल राजिनामा नदिने निर्णय लिएका छन् । उनले बुधबार दिउँसो बालुवाटार गएर ओलीसँग छलफल गरेका थिए ।



    बालुवाटारबाट निस्किएपछि बादलले तत्काल राजिनामा नदिने मनिस्थिती बनाएको उनका एक सहयोगीले बताए ।



    स्रोतका अनुसार बादल अझै ओली पक्षमै लाग्ने मुडमा छन् ।

    तर, आफु निकट नेताहरुलाई ओलीले संविधान मिचेर संसद बिघटन गरेकाले उनलाई साथ दिन नहुने भएकाले राजिनााम दिन सुझाएका थिए । उनका धेरै नेताहरु प्रचण्ड माधव नेपाल पक्षमा लागिसकेका छन् ।

    बादल निकट स्राेतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको ‘सेकेन्ड म्यान’ हुने गरी बादलले कित्ता क्लियर गरिसकेका छन्।

    पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी भएका थिएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार