Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार गठन गर्ने विकल्प हुँदासम्म संसद विघटन हुँदैन : अग्निप्रसाद सापकोटा

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको बताएका छन्।

बुधबार सभामुखकै हैसियतमा विज्ञप्ति जारी गर्दै उनले सरकार गठन गर्ने विकल्प रहँदासम्म संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको बताएका हुन् ।

'संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ,' उनले भनेका छन्, 'यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो।'

संविधानको रक्षाका लागि राजनीतिक दलबीच उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेको समेत उनले उल्लखे गरेका छन्। उनले संवैधानिक सर्वोच्चताका लागि सांसद्, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077