Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी नवलपरासी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

पूर्वीनवलपरासी । पूर्वीनवलपरासीकाे गैँडाकोटमा भएको ट्रक दुर्घटना परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ। ना ३ ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करीडोरको भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी टेलर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ हटियाका ४५ वर्षीय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा जिल्लाको ठोरी गौतमनगर बस्ने ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार सिमेन्टलगायत सामान बोक्ने टेलर बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदै गर्दा गैँडाकोट नगरपालिका-३ को सेतिभीरबाट अन्दाजी १ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077