Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओली गणतन्त्र विरोधी हुन्: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा अध्यक्ष (दाहाल-नेपाल पक्ष) माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको बताएका छन् । आफूहरूबीच ४९ वर्षको सहकार्य रहेको जानकारी दिँदै उनले प्रधानमन्त्री ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको बताएका छन् । 

दाहाल-नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, 'उहाँ कम्युनिस्ट मात्रै होइन, गणतन्त्र विरोधी मान्छे हो । गणतन्त्र नेपालमा आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । उहाँमा गणतन्त्रप्रति माया मोह छैन । संघीयताको पनि विरोधी हो ।'

प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति तानाशाही हुने गरेको नेपालको भनाइ थियो । उनले 'विचार नभएकालाई बैठकबाट एलर्जी हुन्छ' भनेका थिए । a

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077