Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अनेरास्ववियूका संयोजक ऐन महरलाई कारबाही

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरलाई कारबाहीकाे सिफारिस गरिएकाे छ ।

विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले केपी शर्मा ओली समूहको संयोजक ऐन महरलाई कारबाहीकाे सिफारिस गरेकाे अनेरास्ववियूका सह-संयोजक रञ्‍जित तामाङले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

“अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटीसमक्ष सिफारिस गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो चरणमा महरले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदममा बहुमत सदस्य निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत उभिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077