Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक ८ बजेलाई सर्‍यो

काठमाडौं । मन्त्रिपरिषद् बैठक राति ८ बजेका लागि सरेको छ ।

शुक्रबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको हुँदा ८ बजेका लागि सारिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले श्रममन्त्रीमा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयकाे गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका हुन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077