Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

    मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बा ८१ प ५२७५ नम्बरको कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई बिहीबार साँझ लगनखेलबाट पक्राउ गरेको हो ।



    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँको कपनबाट हराएको मोटरसाइकलसहित लगनखेलबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । अभिषेक ढकालले दिएको निवेदनका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।



    महाशाखाले पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार