Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

    चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 585
    SHARES

    काठमाडौं । चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाँउपालिका–३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ छन् ।

    वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९०९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।



    उक्त एनएस २०० सीसीको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भइ हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयदे जनाएको छ ।



    उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौको हात्तीगौँडाबाट हराएको भनी मगरले निवेदन दिएका थिए।

    उक्त मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार