Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डा खेम कार्कीले दिए राजीनामा

काठमाडौं । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।

जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् ।

मन्त्रालय स्रोतको अनुसार आइतबार उनले स्वास्थ्य मन्त्रालयमा राजिनामा बुझाएका छन् ।

गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077