Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि हुँदा नयाँ भाइरस भित्रिएको आशंका

    बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि हुँदा नयाँ भाइरस भित्रिएको आशंका

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा पनि कोरोनाको नयाँ रुप भित्रिएको हो कि भन्ने आशंका पैदा भएको छ ।

    यस अघि बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको थियो ।



    बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिए पनि नेपाल सरकारले भने नेपाल आउनेहरुलाई रोक्न सकेको छैन । जसले गर्दा नयाँ प्रकारको कोरोना भाइरस नेपाल भित्रन सक्ने सम्भावन उत्तिकै छ ।



    यस अघिको तथ्यांक हेर्ने हो भने पनि नेपालमा विदेशबाट आएकाहरुबाट नै कोरोना भाइरस भित्रिएको थियो ।

    हुनत सरकारले बेलायतबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरेको छ ।

    तर, क्वारेन्टिनमै बसेकामध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो ।

    यद्यपि उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ ।

    इडिसिडीका निर्देशक वासुदेव पाण्डेका अनुसार उनीहरुमा नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन जिन सिक्विनिङ गर्नुपर्ने हुन्छ ।

    तर, इडिसिडीलले बेलायतबाट आएकाहरु अथवा उनीहरुको सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह भने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार