Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनाको नयाँ भेरियन्ट : नाम जिटा, इटा र थिटा

    कोरोनाको नयाँ भेरियन्ट : नाम जिटा, इटा र थिटा

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको नयाँ तीन भेरियन्ट फेला परेसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् ।

    यद्यपी यी नयाँ भेरियन्टहरुले जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जनाएका छन् । यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ र भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको जनाएको छ।



    पहिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो असर पारेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार