Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नयाँ प्रकारको कोरोनाका कारण सन् २०२१ थप कठिन हुने चेतावनी

    नयाँ प्रकारको कोरोनाका कारण सन् २०२१ थप कठिन हुने चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।

    कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो।



    उच्च सङ्क्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ । जसले ब्रिटेनमा दैनिक मृत्यु कीर्तिमानी रूपमा बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।



    दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ। सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ।

    जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ।

    उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको सङ्क्रमण भएको पहिचान गरेका छन्।

    ती मानिसहरू ब्रजिलमा सङ्क्रमित भएको ठानिएको छ। स्पेनमा पनि भाइरसको नयाँ प्रकार देखिएको बताइएको छ ।

    चिन्ताको कारण 
    बीबीसीका स्वास्थ्य एवम् विज्ञान संवाददाता जेम्स ग्यालहरले नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण ठानिएको उल्लेख गरेका छन्।
    – यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ
    – यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ
    – प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ।

    यद्यपी विज्ञहरूले हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएको समाचारमा जनाइएको छ । बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार