Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संविधानको उल्लंघन गर्ने प्रधानमन्त्री सदर गर्ने राष्ट्रपति : थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदको सामना गर्न नसकेर कायरझैं भागेको बताएका छन्।

प्रधानमन्त्री ओलीले संविधानकै उल्लंघन गरे पनि अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भनी कामना गरेको बताएका छन् ।

नेपालगञ्जमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्नुभयो । राष्ट्रपतिले सदर गर्नुभयो । दुईवटा संस्था अपराधमा साझेदार भइसकेपछि अब हाम्रो अपेक्षा अदालततिर छ । हामीले अदालतसँग अपेक्षा गरेका छौं । माग गरेका छौं र मर्यादित ढङ्गबाट के राख्न चाहन्छौं भने अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् । विवेकको हत्या नहोस् ।’

संसदमा अविश्वास प्रस्ताव फेस गर्न नसक्ने अवस्था आएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गरेको थापाको आरोप छ।

थापाले भने–‘जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ । संसद फेस गर्न नसक्ने ? अविश्वास फेस गर्न नसक्ने ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077