Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा ३९८ काेराेना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३९८ काेराेना संक्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८  जना कोरोना संक्रमित थपिएका छन्। 

    योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ। 



    हालसम्म काठमाडौंमा मात्र ९६ हजार ७८५ जना संक्रमित भएका छन्, जसमध्ये ४६९ जनाको मृत्यु भएको छ। हालसम्म ९३ हजार ३७४ सय जना निको भएका छन्।



    ललितपुरमा १५ हजार १६९ जना संक्रमित भएका छन्। जसमा १४६ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ६५९ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ८२५ संक्रमितमध्ये १०० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५६० जना निको भएका छन्।
    आज काठमाडौंमा २ हजार ९४२  ललितपुरमा ३६४  र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार