Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौँ उपत्यकामा एकै दिन २,४८६ जनामा संक्रमण पुष्टि

    काठमाडौँ उपत्यकामा एकै दिन २,४८६ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ४८६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    गौतमका अनुसार  पछिल्लो २४ घण्टामा देशभर थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएको हो।



    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,९८९ रहेको छ।



    यसैगरी, कोरोना भाइरस संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म मृत्यु हुनेहरुको संख्या ५ हजार ६५७ पुगेको छ।

    यसअघि हिजो देशभर ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिहुँदा १९६ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार