Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानका पूर्व रक्षा तथा विदेशमन्त्री ख्वाजा आसिफ पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्व विदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ भ्रष्टाचारको मामिलामा पक्राउ परेका छन् ।

ख्वाजा आसिफ पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नून) का वरिष्ठ नेता हुन् ।

पाकिस्तानको नेशनल एकाउन्टिबिलिटी ब्यूरो (न्याब) ले उनलाई राजधानी इस्लामाबादबाट पक्राउ गरेको हो ।

उनलाई आयभन्दा बढी समपत्ति राखेको भन्दै पक्राउ गरिएको हो ।

न्याबका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा ख्वाजालाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई मंगलबार राती रावलपिन्डि न्याबको कार्यालयमा राखिने र बुधबार बिहान न्याब अदालतबाट ट्रान्जिट रिमान्ड हासिल गरेपछि लाहौर लगिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077