Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खैरो हेरोईनसहित दुई जना पक्राउ

काठमाडौं । झापाको मेची नगरपालिका–८ बाट प्रहरीले लागु औषध खैरो होरोईन सहित दुई जनालाई पक्रेको छ ।

लागुऔषध नियन्त्रण व्यूरोको टोलीले मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ ।

को.३८प ७१४९ नम्बरको मोटरसाईकलमा सवार सुरज र अंकितलाई मेची क्राउन होटल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077